८ कार्तिक २०८३, शनिबार

आजको मौसमः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • १२ असोज २०८१, शनिबार
Image

२०८१ असोज १२ शनिबार 

काठमाडौं -   शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । कोशी, मधेस, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरूमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेस,बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  


प्रतिक्रिया

सम्बन्धित खवर