२०८१ असोज १६ बुधबार
काठमाडौं- लागुऔषध बिक्री बितरण गरेको
आरोपमा पोखराका एक फार्मेसी संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा
महानगरपालिका वडा नंम्बर ७ रत्नचोकस्थित शुभेक्षा फार्मेसीका संचालक पोखरा १७
पावरहाउस बस्ने ५८ वर्षका मित्रलाल शर्मा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको
छ।
शर्माले
संचालन गरेको शुभेक्षा फार्मेसीबाट लागुऔषध बिक्री बितरण भइरहेको भन्ने गोप्य
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्युरो शाखा
कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फार्मेसी र शर्माको घरमा
खानतलासी गर्दा ४५ हजार १८५ चक्की लागुऔषध बरामद गरेको प्रहरी उपरीक्षक श्यामबाबु
ओलियाले जानकारी दिए।
प्रहरी
टोलीले फार्मेसीमा खानतलासी गर्दा टेपेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजी
लेखिएको ११५ चक्की बरामद गरेको हो ।
उनले
आफ्नो घरमा समेत लागुऔषध लुकाइछिपाई राखेको भन्ने सुचना अनुसार पोखरा १७
पावरहाउसस्थित घरमा खानतलासी गर्दा लागू औषध टेपेन्टाडोल हाइड्रोक्लोराइड
क्याप्सुल ५० एमजीको ४५ हजार ७० चक्की बरामद गरेको ओलियाले बताए।
बरामद
गरिएको लागुऔषधको मूल्य खरिदकर्तासंग लिईने मुल्यअनुसार करिव ८० लाखको हाराहारिमा
पर्ने प्रहरीको अनुमान छ। पक्राउ परेका शर्मालाई कास्की जिल्ला अदालतबाट लागुऔषध
सम्बन्धी मुद्धामा १५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडी
बढाएको जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation