काठमाडौं । बलात्कारको आरोप लागेका मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको दाबीसहित उजुरी दिएकी थिइन्। पक्राउ पुर्जी लिएलगत्तै अब बानियाँको खोजी सुरु गरेको बाँके प्रहरीले जनाएको छ । सूचना अधिकारीसमेत रहेका डिएसपी न्यौपानेका अनुसार प्रहरीमा जाहेरी परेलगत्तै सांसद बानियाँले सम्पर्क गरी आफ्नो कुनै गल्ती नभएको र अनुसन्धानलाई सघाउने बताएका थिए ।
यद्यपि उनी प्रहरी कार्यालयमा भने नआएको प्रहरीको भनाइ छ। बानियाँ रहेको स्थानको प्रहरीसँग समन्वय गरी बानियाँलाई बाँके ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation