९ कार्तिक २०८३, आइतबार

एक बुँदे कार्यसूची पेश गर्दै सकियो संसद्, अर्को बैठक आइतबार

  • ६ फागुन २०७८, शुक्रबार
Image

काठमाडौं - प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एक बुँदे कार्यसूची पेश गर्दै सकिएको छ। बैठकमा शुक्रबार कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए।

शुक्रबारको संसद् बैठकमा अमेरिकी अनुदानय सहायता सम्बन्धी सम्झौता एमसीसी पेश गर्ने भनिए पनि सत्ता साझेदारबीच सहमति जुट्न नसक्दा त्यो कार्यसूचीमा पर्न सकेन।

प्रतिनिधि सभाको आजको बैठक फागुन ८ गते बस्‍ने गरी स्थगित गरिएको छ। आगामी आइतबार दिउँसो १ बजे बस्‍ने गरी बैठक स्थगित भएको हो। 

बैठकमा एमालेले नाराबाजी गर्दै संसद्‌मा विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर