काठमाडौं । अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ बीच एकता घोषणा भएको हो।
शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए। उनलाई पार्टीले प्रवक्ता बनाउने तयारी गरेको छ। मंगलबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा. धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation