९ कार्तिक २०८३, आइतबार

कोभिड प्रतिकार्यका लागि विश्व बैंकको २ अर्ब ऋण स्वीकार

  • ६ फागुन २०७८, शुक्रबार
Image

काठमाडौं– सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्यका लागि विश्व बैंकले उपलब्ध गराउने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकको १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता स्वीकार्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

सरकारले यसअघि पनि विश्व बैंकबाट कोभिडविरुद्धको खोप खरिदका लागि ऋण सहायता स्वीकारेको थियो। यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची-१ हेरफेर गर्ने निर्णय पनि भएको मन्त्री कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर