८ कार्तिक २०८३, शनिबार

३५० कोरोना संक्रमित थपिए, थप चार जनाको मृत्यु 

  • ७ फागुन २०७८, शनिबार
Image

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षण गर्दा १९८ र तीन हजार ५५८ एन्टिजेन परीक्षण गर्दा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७/७ जना, रुपन्देही र सर्लाहीमा ६/६ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

एक हजार २७२ जना भने संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर