काठमाडौं- प्रतिनिधि सभाको दशौं अधिवेशनको छैटौं बैठक आइतबार बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
आइतबारको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा भइरहेको छ। यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने बताएका थिए। तर, सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नमान्दा एमसीसी टबेल हुन सकेको थिएन।
शनिबार भने नेकपा एकीकृत समाजवादीले एमसीसी टेबल गर्न सकिने बताएका हुन्। त्यसैगरी अब एमसीसीलाई संसद्बाट अघि बढाउन प्रचण्ड पनि तयार देखिएका छन्।
तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन। सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation