मोगादिसु - सोमालियामा आत्मघाती विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेवारी जिहादीहरूको समूह ‘अल शबाब’ ले लिएको प्रहरीले जनाएको छ।
घटनामा परी मृत्यु भएकामध्ये केही सरकारी अधिकारीसमेत छन्। घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ। सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन्। एक प्रत्यक्षदर्शीले भने, ‘यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइनँ, अति अमानवीय घटना।’
घटनास्थल राजधानी मोगादिसुदेखि ३४० किलोमिटर टाढा पर्छ। घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। घटनाको विभिन्न क्षेत्रबाट भर्त्सना र आलोचना भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation