काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १२ औं चरणअन्तर्गत सातदोबाटो युथ क्लबसँग सोमबार ३-२ गोलको नतिजामा पराजित भएसँगै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तेस्रो पटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको छ। दशरथ रङ्गशालामा सोमबार भएको खेलमा पराजित भएसँगै बीबीसी जारी सिजनको एक खेल बाँकी रहँदै रेलिगेसनमा परेको हो ।
बीबीसीविरुद्ध सोमबार सातदोबाटोलाई जित दिलाउन सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक-एक गोल गरे । यस्तै, बीबीसीका लागि बर्टान्ड ओटोउ र रोशन राना मगरले एक-एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । २०६१ सालबाट ए डिभिजन लिग खेल्न थालेको हो । बीबीसी तेस्रो पटक रेलिगेसनमा परेको हो। २०६३ र ६८ मा रेलिगेसनमा परेको बिबिसी पुनः ए डिभिजनमा फर्किएको थियो।
यो पटक बीबीसीले एक खेल खेल्न बाँकी रहँदा लिगमा ८ अङ्क मात्र जोड्न सकेको छ। लिगमा ९ खेल बाँकी रहँदा उपाधि र रेलिगेसनको समीकरण पूरा भएको छ। बीबीसीको हारसँगै फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लबको रेलिगेसन दबाब पनि समाप्त भएको छ। यसअघि लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको थियो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation