८ कार्तिक २०८३, शनिबार

क्यानडाविरुद्व टस हारेर फिल्डिङ गर्दै नेपाल 

  • ९ फागुन २०७८, सोमबार
Image

काठमाडाैं । आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्व नेपाल टस हारेर गरेर फिल्डिङ गरिरहेकाे छ। ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा क्यानडाका कप्तान नवनित धलिवालले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङको निम्तो पाएको हो।

समूह चरणका सुरुआती दुई खेलमा जित निकालेको नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाइसकेको छ। छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो। यस्तै, क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले पराजित गर्दा दोस्रो खेलमा ओमानसँग ९ विकेटले पराजित भएको थियो। ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।

यस्तै, दुई खेलबाट २ अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहीन फिलिपिन्स समूहको पुछारमा छ। समूहका शीर्ष दुई टोली सेमिफाइनमा प्रवेश गर्नेछन्। आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलबाट फाइनल यात्रा तय गर्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोटमा हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर