८ कार्तिक २०८३, शनिबार

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

  • १२ फागुन २०७८, बिहिबार
Image

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ। आज बसेको लोसपाको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको लोसपाले जनाएको छ। प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद छन्। लोसपाले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा सबै सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित् हुन निर्देशन दिएको समेत दिएको छ।

बैठकपछि सांसद लक्ष्मणलाल कर्णले भने,‘भोलि बिहीबारको संसद् बैठकमा सबै माननीयहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ, एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ। उहाँले गर्ने निर्णय सबैले मान्नुपर्ने हुन्छ ।’ सांसद चन्दा चौधरीले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिइन् ।

सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो। उक्त प्रस्तावलाई अगाडि बढाउन भोलि बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ भने भोलिको बैठकको सम्भावित कार्यसूचीमा पनि एमसीसी परेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर