हुम्ला- जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ। यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ।
नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका हुम्ला विमानस्थलले जनाएको छ। सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ। त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ। हिमपात हुँदा कृषक औधी रमाएका छन्। कृषक हरिप्रसाद जैसीले भने “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।”
यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ । हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिए। उनले भने “हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ ।”
© Lok Kalam . Designed and Developed by Goldenmud Creation