काठमाडौं- एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी संगठनका नेताहरूलाई आग्रह गरेका छन्।
बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरूलाई टेलिफोन गरी खाँणले संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन्।
एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग गराएको बताए।
फागुन ८ गते भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए। नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो। एमसीसीबारे संसद्मा छलफल हुने दिन आज पनि बानेश्वर क्षेत्रमा प्रदशर्न सुरु भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation