काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार पोखरा जाँदैछन्। सरकारले एमसीसीका विषयमा निर्णायक छलफलको थालनी गरिरहेको समयमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली एक कार्यक्रममा सहभागी हुन पोखरा जान लागेका हुन्।
बिहान ११ बजे पोखरा पुग्नेगरी ओली पोखरा जान लागेको र दिउँसो २ बजे काठमाडौं फर्कने एमाले कास्कीले जनाएको छ।
विशेषगरी एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने उद्देश्यले ओली पोखरा जान लागेका हुन्।
त्यसैगरी जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङसहित विवेकशील साझा पार्टीका नेताकार्यकर्ताहरु पनि आफ्नो पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ।
यता प्रधानमन्त्री देउवासँग हुने भनिएको वार्तामा स्थगित भएको छ। दुबै पार्टीका दोस्रो तहका नेताबीच छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation