८ कार्तिक २०८३, शनिबार

दुई घण्टाको छलफलपछि सकियो बालकोट बैठक, के भयो सहमति?

  • १४ फागुन २०७८, शनिबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच ओली निवास बालकोटमा भएको छलफल सकिएको छ। ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए। 

त्यसका लागि अध्यक्ष केपी ओलीले पुरानै कुरा दोहोर्‍याएका थिए। ओलीको जवाफ उदृत गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्,प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्।’ 

छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए।  त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौं भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए।

प्रवक्ता कार्कीले एमसीसीको विपक्षमा एमाले उभिन नसक्ने भन्दै संसद्‌को द्वार खोल्न आ-आफ्ना अडान छाडेर दुई कदम अघि बढ्नुपर्ने बताए। 

छलफलपछि एमाले नेता तथा उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एमाले एमसीसीमा अनिर्णित नरहने तर त्योभन्दा अघि आफूहरुले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस गर्नुपर्ने अडान छलफलमा पनि राखेको बताए। ज्ञवालीले भने,  'एमाले अनिर्णित रहँदैन र स्पस्ट दिशा पनि दिन्छ। तर त्यसका लागि सदनमा छलफल गर्ने वातावरण हुनुपर्‍यो।'

यसअघि शुक्रबार बेलुका नै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री देउवा र दुई नेताबीचको 'वान टु वान' वार्ता गरेका थिए। 

एमसीसी सम्झौता अनुमोदन गर्ने देउवाको अडान र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको विपक्षमा मतदान गर्ने अडानले पाँचदलीय गठबन्धन विघटनको संघारमा पुगेको थियो। बिहीबार दुई पटक कांग्रेस र एमालेबीचको छलफलबाट झस्किएका सत्ता साझेदार दुई दल एमसीसी फेल गराउने योजनाबाट पछि हटेपछि शुक्रबार सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको बताइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर