८ कार्तिक २०८३, शनिबार

एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन

  • १६ फागुन २०७८, सोमबार
Image

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। नेपाल सरकार र एमसीसी सम्झौता आइतबार अनुमोदन भएको छ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे। एमालेले प्रतिनिधिसभा विरोधै क्रममा अनुमाेदन गरेको हो।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन्।एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमतिले सत्तारुढ गठबन्धन टुट्नबाट जोगिएको छ।

त्यसलाई कतिपयले पार्टीभित्रैबाट भैरहेको चर्को विरोधबाट नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘फेस सेभिङ’ रुपमा रहेको व्याख्या गरेका छन्।

व्याख्यात्मक टिप्पणीमा प्रमुख विषयहरु अहिले एमसीसी अनुमोदन गर्न नहुने पक्षले उठाउँदै आएको प्रमुख विषयहरुलाई सम्बोधन गर्ने कोसिस गरिएको छ। आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर