काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन् । पार्टीमा असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड उनकै निवास गएका हुन्।
अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र विवाद चर्केको छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजीले असहमति जनाएका थिए । त्यसपछि सोमबार पत्रकार सम्मेलनमार्फत श्रेष्ठमाथि अध्यक्ष प्रचण्डले आक्रोश पोखेका थिए । प्रचण्डसँग असन्तुष्ट श्रेष्ठले आफूनिकट नेताहरूसँग दुई दिनयता निरन्तर छलफल गरिरहेका छन् ।
श्रेष्ठले पार्टी छोड्ने डरले प्रचण्ड फकाउन निवास गएको हुन सक्ने टिप्पणी हुन थालेको छ । विवाद चर्किएपछि कुराकानीका लागि प्रचण्ड श्रेष्ठको निवास गएको प्रचण्डको सचिवालयले जनाएको छ। माओवादीमा पार्टी एकीकरण गरेको नेकपा एकता केन्द्रका नेताहरूले एमसीसीमा प्रचण्डको निर्णयप्रति असहमति जनाएका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation