९ कार्तिक २०८३, आइतबार

बुधबार प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

  • १७ फागुन २०७८, मङ्गलबार
Image

काठमाडाैं- प्रतिनिधि सभाको  बैठक (बुधबार) भोलि  बस्दैछ । भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । 

भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर