९ कार्तिक २०८३, आइतबार

जसपाको विधान अधिवेशन असारमा हुने

  • १८ फागुन २०७८, बुधबार
Image

काठमाडाैं- जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ।गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ। जसपामा आन्तरिक विवाद चुलिएको छ।

विवादकै कारण मंगलबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरु सहभागी भएनन् । भट्टराई पक्षका कोही नेता बैठकमा सहभागी नभएपछिअध्यक्ष उपेन्द्र यादवले सो समूह बिनैको बैठक राखेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर