९ कार्तिक २०८३, आइतबार

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

  • १९ फागुन २०७८, बिहिबार
Image

काठमाडौं- फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ। बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै विशेष अदालतमा सदस्यहरु पनि तोकिएको छ। सरकारले ग्याल्बो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागहरुको बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता कार्कीले बताए ।

" target="_blank">


प्रतिक्रिया

सम्बन्धित खवर