९ कार्तिक २०८३, आइतबार

विकास परियोजना एमसीसीविरुद्धको माहोल बनाउन विप्लव सक्रिय

  • १९ फागुन २०७८, बिहिबार
Image

काठमाडौं- प्रतिनिधि सभाबाट बहुमतका साथ पारित गरिएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भइसकेपछि पनि यसलाई बिथोल्नका लागि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सक्रिय भएका छन्। उनले एमसीसी विरोधी माहोल बनाउन यसविरुद्ध लागेका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका हुन्। 

उनले बुधबारमात्रै नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन्। 

विप्लवले उनहरुकै निवासमा पुगेर भेटवार्ता गरेका हुन्। सो क्रममा विप्लवले एमसीसी विरोधीहरु ध्रुवीकृत हुनुपर्नेमा जोड दिएको बताइएको छ। विप्लवसहितका केही कम्युनिस्ट घटकहरुले एमसीसी विरोधी अभियान चलाइरहेको बेला विप्लवले एमसीसीकै विरोधमा रहेका  नेताहरुसँग भेटवार्ता गरेका हुन्। 

भेटपछि नेकपाका प्रवक्ता प्रकाण्डले देशभक्त, राष्ट्रवादी र स्वाधिनताका पक्षधरहरु एकीकृत र ध्रुवीकृत हुनुपर्नेमा जोड दिएका छन्। बुधबार नै विप्लवसहितका साना ६ दल र दुई मोर्चाले एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका थिए। 

साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्म आन्दोलन गर्ने जनाएका छन्। २० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पर्दशन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राष्ट्रिय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने जनाइएको छ। सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास गरेको थियो। त्यसको विरोधमा साना दल र मोर्चाले आन्दोलन गर्दै आएका छन्।

एमसीसीले यो सम्झौताको अनुमोदनले ५ वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा भइरहेको कामलाई जारी राख्न थप प्रेरित गरेको जनाएको छ। साथै परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग र्पुयाउने एमसीसीले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर