९ कार्तिक २०८३, आइतबार

सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ : नेता सिंह

  • १९ फागुन २०७८, बिहिबार
Image

काभ्रे- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसीसी पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको बताएका छन्। संघीय संसद्‍बाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उनले बताए। 

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको दाबी समेत गरे। आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो। नेता सिंहले विपक्षी दल नेकपा (एमाले) ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गरे।

राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका लागि पार्टीले सातवटै तहका कार्यसमितिको सल्लाहअनुसार निर्णय लिने बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर