काठमाडौं- पाकिस्तानको पेसावर सहरमा रहेको एक शिया मस्जिदमा आज (शुक्रबार) बम बिस्फोट हुँदा ३६ जनाको मृत्यु भएको छ। यो विस्फोट पेसावरको कोचा रिसालदार इलाकामा रहेको किस्सा ख्वानी बजारस्थित एक मस्जिदमा भएको हो । आज नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।
विस्फोटमा परी कम्तीमा ५० जना गम्भीर घाइते भएका छन् । जसमा १० जनाको अवस्था चिन्ताजनक रहेको छ। उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ। घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरू अस्पतालतर्फ पठाइएको छ। स्थानीय मिडियाहरूले विस्फोटलाई आत्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation