९ कार्तिक २०८३, आइतबार

बलात्कार आरोपी एमाले सांसद बानियाँ निलम्बित

  • २३ फागुन २०७८, सोमबार
Image

काठमाडौं- बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्।

फौजदारी अभियोगमा पक्राउ परेको सूचना सभामुखले सदनमा पढेर सुनाएसँगै सांसदको पद स्वतः निलम्बनमा पर्छ। मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर