९ कार्तिक २०८३, आइतबार

ललितपुरमा एकै घरका पाँच जनाको निसासिएर मृत्यु

  • २४ फागुन २०७८, मङ्गलबार
Image

काठमाडौं- ललितपुरमा एकै घरमा ५ जनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार चार जना सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् भने अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा अचेत अवस्थामा भेटिएका मध्ये दुई वर्षीय शिशुकाे उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् । घटनास्थलमा गएका ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलकाअनुसार परिवारका सदस्यहरु घरभित्र आगो बालेर सुतेको र भेन्टिलेसन नभएको भेटिएको छ ।

उनिहरुको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। ललितपुरका अनुसार मृत फेला पर्नेमा घरमूली ५५ वर्षीया काइली स्याङताङ, २२ वर्षीया बुहारी शुष्मा स्याङताङ, ९ वर्षीय नाति आशिष स्याङताङ र ५ वर्षीया नातिनी आश्मा स्याङताङ रहेका छन् । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर