९ कार्तिक २०८३, आइतबार

म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको छैन : नेपाल प्रहरी

  • २६ फागुन २०७८, बिहिबार
Image

 काठमाडौं- नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना ननिकालेको स्पष्ट पारेको छ।

‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ।

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर