काठमाडौं - स्थानीय तहको निर्वाचनका बिषयमा छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ।
बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी रहेका छन्। बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने जनाइएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले हरियो रङको मतपत्रबारे प्रश्न उठाएकाले यसबारे पनि छलफल हुने जनाइएको छ। आयोगले प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको हिजो नै स्पष्ट पारिसकेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation