काठमाडौं- हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी सोमबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने राती देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टामा देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेकोको आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation