९ कार्तिक २०८३, आइतबार

३७ कोरोना संक्रमित थपिए, ३८२ जना निको

  • ६ चैत २०७८, आइतबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर  ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ४ हजार ६१ जनामा कोरोना परीक्षण गरिँदा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२ हजार ७९८ जनाको पीसीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार सोही अवधिमा ३८२ जना निको भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।  हाल देशभर ३ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन् । 


 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर