९ कार्तिक २०८३, आइतबार

युएईसँग नेपाल ९९ रनले पराजित

  • ८ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ। दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो ।

सोमबार भएको खेलमा २०३ रनको लक्ष्य पछ्याएको नेपाल १०२ रनमा अलआउट भयो ।  यूएईका जुनैद सिद्दिकीले ४ विकेट लिए । यस्तै कासिफ दौद र अहमेद राजाले समान २/२ विकेट लिए । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेख र सोमपाल कामीले १५-१५ रन बनाउँदा बिनोद भण्डारीले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भएका थिए।

यसअघि रोहन मुस्ताफाले ६० रन बनाएपछि यूएईले २०२ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिएका थिए । अब नेपालले पपुपा न्युगिनीसँग अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर