काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणत्मक सिरिजनमा नेपालले आज अन्तिम खेल खेल्दैछ।
दुबई रंगशालामा विहान सवा ११ बजेबाट सुरु हुने अन्तिम खेलमा नेपालले दोस्रो पटक पपुवा न्युगिनीको समना गर्न लागेको हो। अघिल्लो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको थियो।
आजको खेलमा पनि नेपाल जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ। पपुवा न्युगिनीले भने यसपहिले यूएईलाई पनि हराइसकेको छ। यूएईलाई हराएर पपुवा न्युगिनीको मनोबल पनि उच्च छ।
सिरिजका पछिल्लो खेलमा नेपालले यूएईसँग लज्जास्पद हार बेहोरेको छ। नेपालले पहिलो खेलमा यूएईसँग ४८ रनको हार बेहोरेको हो भने सोमबार ९९ रनको हार बेहोरेको थियो।
अहिले नेपाल लिग तालिकाको छैटौं स्थानमा छ। नेपालले ११ खेलमा १० अंक मात्र बनाएको छ। आजको खेलमा जित निकाले पनि नेपालको स्थान भने परिवर्तन हुँदैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation