काठमाडौं - पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन्।
शर्मा नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष हुन्। उनले आज बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन्।
शर्माले सामाजिक सन्जालमा लेखेका छन्,‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु।’
उनले अबदेखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्। शर्मा लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए। तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation