काठमाडौं- पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ। अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो। उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए। उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी थिइन् । तर, केही समय राजनीतिबाट निष्कृय रहेकी करिश्मा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation