काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबार बस्दैछ। ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्ने तय भएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठक दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ।
गत चैत ७ को बैठकले सो एजेण्डा तय गरेको हो।
सो बैठकमा अध्यक्ष केपी ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली कांग्रेससँग गठबन्धन गर्न जानेहरूसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताएका थिए। बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो। सोही अनुसार एमालेले आन्तरिक तयारी थालिसकेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation