९ कार्तिक २०८३, आइतबार

चुनावी रणनीति तय गर्न एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ९ चैत २०७८, बुधबार
Image

काठमाडौं - नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको छ। बैठक दुई दिन चल्नेछ।

आगामी स्थानीय चुनावमा केन्द्रित हुने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषयमा छलफल हुने जनाइएको छ।

पार्टीका विभागलाई पूर्णता, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि केन्द्रीय कमिटीको बैठकका एजेण्डामा छन्।


प्रतिक्रिया

सम्बन्धित खवर