काठमाडौं - तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा भएका संवैधानिक नियुक्ति खारेज गर्न कानुन व्यवसायीहरूले माग गरेका छन्।
आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन्।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, राजुप्रसाद चापागाईंलगायतले तत्कालिन प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु संविधानको प्रावधान विपरीत भएकाले अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठक नै अवैध भएको जिकिर गरे।
बैठक नै अवैध भएकाले उक्त बैठकले गरेको सिफारिसमा संवैधानिक आयोगहरूमा भएको नियुक्ति पनि अवैध भएको उनीहरूको तर्क छ।
प्रधानन्यायाधीश र संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक आयोगमा प्रधानमन्त्रीको नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ।
ओलीले तीन जना सदस्य उपस्थित भए बैठक बस्न र निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेका थिए।
अध्यादेशको व्यवस्था अनुसार बसेको बैठकले दुई पटक गरी संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो।
संवैधानिक आयोगहरूमा काम गरिरहेका छन्। संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिससम्बन्धी विवाद बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। शुक्रबार ११ वटा रिटको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।
संवैधानिक इजलास हरेक साताको बुधबार र शुक्रबार मात्रै बस्ने नियम छ। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।
उक्त रिट निवेदनमा गत भदौ १७ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका थिएनन्। शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत भदौ १७ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो।
शुक्रबार ११ वटा रिटको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो। अब यसको सुनुवाइ आज बस्ने संवैधानिक इजालसमा हुने भएको हो।
संवैधानिक इजलास हरेक साताको बुधबार र शुक्रबार मात्रै बस्ने नियम छ। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।
उक्त रिट निवेदनमा गत भदौ १७ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका थिएनन्।
शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले गत भदौ १७ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो।
यी हुन् नियुक्ति :
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रेमकुमार राई, प्रमुख आयुक्त
किशोरकुमार सिलवाल, आयुक्त
जयबहादुर चन्द, आयुक्त
हरि पौडेल, आयुक्त
सुमित्रा श्रेष्ठ (ब्याञ्जु), आयुक्त
निर्वाचन आयोग
रामप्रसाद भण्डारी आयुक्त
जानकीकुमारी तुलाधर, आयुक्त
सगुनशमशेर जबरा, आयुक्त
राष्ट्रिय मानवअधिकार आयोग
तपबहादुर मगर, अध्यक्ष
सूर्यप्रसाद शर्मा ढुंगेल, सदस्य
मिहिर ठाकुर, सदस्य
मनोज दुवाडी, सदस्य
लिली बस्न्यात, सदस्य,
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
जुद्धबहादुर गुरुङ, सदस्य
अमरराज श्रेष्ठ, सदस्य
विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग
कमलाकुमारी पराजुली, अध्यक्ष
कृष्णकुमारी पौडेल, सदस्य
विद्याकुमारी सिन्हा, सदस्य
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
राष्ट्रिय दलित आयोग
देवराज विश्वकर्मा, अध्यक्ष
मीनादेवी सोब, सदस्य
टुन्जे कामी, सदस्य
मेहल पार्की, सदस्य
सुन्दर पुर्कुटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमिल्सिना, अध्यक्ष
रामचन्द्र जोशी, सदस्य
हरिदत्त जोशी, सदस्य
पुष्पराज तिमिल्सिना, सदस्य
मनप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
रामबहादुर थापामगर, अध्यक्ष
मीनबहादुर श्रीष, सदस्य
रिना राना, सदस्य
शरण राई, सदस्य
सूर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग
जीवछ साह, सदस्य
रेणुदेवी साह, सदस्य
विजयकुमार गुप्ता, सदस्य
आभा कुमारी, सदस्य
थारू आयोग
सुबोधसिंह थारू, सदस्य
भोलाराम चौधरी, सदस्य
उमाशंकरप्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
महमदिन अली, सदस्य
मिर्जा अर्सद वेग, सदस्य
मो. समसुल हक, सदस्य,
लोक सेवा आयोग
माधवप्रसाद रेग्मी, सदस्य,
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जु कुमारी, सदस्य
© Lok Kalam . Designed and Developed by Goldenmud Creation