काठमाडौं- रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा रोहितले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध शतक पुरा गरेका हुन् ।
रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पुरा गरे । रोहितको यो पहिलो एकदिवसीय शतक हो । रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । यसअघि पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए । यस्तै रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा ५०० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
नेपालका तर्फबाट सर्वाधिक एक दिवसीय रन बनाउने क्रममा रोहितले घरेलु मैदान कीर्तिपुरमा शुक्रबार पिएनजीविरूद्ध ३८ रन जोडेसँगै ५०० रन पूरा गरेका हुन् । यसअघि ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा चार अर्धशतक प्रहार गरेका थिए। मल्लले ओडीआईमा सर्वाधिक अर्धशतक सहित १९ खेलमा ४८० रन बनाएका छन्।
ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। उनले १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका थिए। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation