९ कार्तिक २०८३, आइतबार

गृहमन्त्रीको पहलमा दुई दिने स्वास्थ्य शिविर सुरु

  • १२ चैत २०७८, शनिबार
Image

बुटवल- गृह मन्त्रालय, सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपीएफ अस्पतालको आयोजनामा रुपन्देहीको सियारी गाँउपालिका २ मैनहियामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शनिबारदेखि सुरु भएको छ। सियारी गाँउपालिकाको समन्वय तथा सहआयोजनमा भएको शिविर गृहमन्त्री बालकृष्ण खाणको पहलमा सुरु भएको हो।


शिविरमा सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण कार्यक्रम गर्ने गृहमन्त्रीका स्वकीय सचिव विजेश न्यौपानेले जानकारी दिए।

अहिलेसम्म शिविरमा पाँच सय बढी नागरिकको उपचार भएको एपीएफ अस्पतालकी डाक्टर सौजन्या कर्माचार्यले बताइन्। डा. कर्माचार्यले विशेषगरी महिलाको स्वास्थ्यबारे जचेतना जगाउने र क्यान्सरको स्क्रिनिङ गर्ने कार्यक्रम आइतबारको शिविरमा रहेको बताइन् ।



प्रतिक्रिया

सम्बन्धित खवर