९ कार्तिक २०८३, आइतबार

सर्वोच्व अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

  • १५ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- सर्वोच्व अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा आज सर्वोच्व अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी हुन्।

यसअघि श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए। नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो। गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर