९ कार्तिक २०८३, आइतबार

काठमाडौंमा बिहानै वर्षा, थाहा पाउनुस् दिनभरको मौसमी अवस्था

  • १६ चैत २०७८, बुधबार
Image

काठमाडौं- काठमाडौंमा बिहानै वर्षा भएको छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौंसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी चार (प्रदेश १, मधेस, बागमती र गण्डकी) प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वा क्षणिक वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। काठमाडौं उपत्यकाका केही स्थानमा बिहान वर्षा भएको छ। 

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ। 

हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

सम्बन्धित खवर