काठमाडौं- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय १४ रन बनाउन सक्यो।
उसका लागि जुबाइदी जुल्किफले १५ बलमा ३२ रन बनाए । अहमद फैजले ३८ बलमा ३ चौका प्रहार गरी २४ रन बनाए। सैयद अजिजले १४ र मोहम्मद अमिरले १६ रन बनाए । सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे। अविनास बोहोरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले समान एक विकेट झारे। नेपालले कहिबेरमा जवाफी ब्याटिङ थाल्ने छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation