९ कार्तिक २०८३, आइतबार

विद्युत् उत्पादनलाई प्राथमिकतामा राखेर आयात र निर्यातलाई सन्तुलनमा ल्याउनु पर्छ : खाण

  • १७ चैत २०७८, बिहिबार
Image


काठमाडौं  - गृहमन्त्री बालकृष्ण खाणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। 

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाणले स्वदेशमै उत्पादित विद्युत सबै नेपालीहरूको घर–घरमा पुर्यएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए।


उनले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रूपमा रहेको बताए। ‘अहिले आयात र निर्यातमा सन्तुलन छैन। व्यापार घाटा बढ्दो छ,’ गृहमन्त्री खाणले भने, ‘आयात र निर्यातमा सन्तुलन कायम राख्न र व्यापार घाटा क मगर्न केही समय लाग्छ। पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ। यसको आयात पनि बढ्दो छ। जसले मुलुकको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ। विद्युत उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै यसलाई कम गर्न सकिन्छ। त्यसमा ध्यान दिन आवश्यक छ।’


गृहमन्त्री खाणले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने भन्दै, संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकतालगायतका सौहियत दिन सरकार सकारात्मक रहेको बताए। नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतिक्षामा रहेको बताए। गैरआवासीय नेपालीलाई नेपालसँग जोडिरहन संविधानमा गैरआवासीय नेपालीबारे विभिन्न व्यवस्था गरिएको उनको भनाइ थियो। 


संविधानमा व्यवस्था भए अनुरुप कानुन बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने गृहमन्त्री खाणको भनाइ थियो।

त्यस्तै गैरआवासीय नेपालीहरूलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको उनले बताए। 

भेटमा गृहमन्त्री खाणलाई एनआरएनएका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो। मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनु पर्ने, जन्मस्थान नेपाल लेखेका राहदानी बाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ।

भेटमा नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीले मागबारे आफ्ना धारणा राखेका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर