९ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवा आज बिहानै बनारस पुगेर स्वदेश फर्किने

  • २० चैत २०७८, आइतबार
Image

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उच्चस्तरीय भेटघाट सकेका छन्। आज उनी उत्तर प्रदेशको बनारस जानेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँ दिल्लीबाट बनारस प्रस्थान गर्ने कार्यक्रम छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन्। बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँ दिल्ली आइपुग्ने र त्यहाँबाट सिधैं काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

भारतको औपचारिक भ्रमणका लागि देउवा शुक्रबार नयाँ दिल्ली पुगेका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेको बताइएको छ।

साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर प्रसारण लाइन संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर