९ कार्तिक २०८३, आइतबार

तरुण अध्यक्ष विद्वान गुरुङद्वारा पदभार ग्रहण

  • २१ चैत २०७८, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष बिध्वान गुरुङले पदभार ग्रहण गरेका छन्। तरुण दलको केन्द्रीय कार्यालय रबि भवनमा सोमबार गुरुङले पदभार ग्रहण गरेका हुन्। 


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका हुन्। यसअघि अध्यक्ष रहेका जितजंग बस्‍नेत पार्टीको केन्द्रीय सदस्य बनेसँगै तरुण दल नेतृत्वविहीन बनेको थियो। 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ३ मा नेविसंघ र तरुण दलसहित १० भ्रातृ संस्था विघटन गर्दै सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई दिएको थियो। सभापति देउवाले चैत ९ गते गुरुङलाई अध्यक्ष मनोनित गरेका थिए। 


तरुण दलको नेतृत्व पाएका पवर्तका विद्वान गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए। उनले कोषाध्यक्ष रहँदा पनि पार्टीको हितका लागि काम गरेका कारण स्थानीय तहको पूर्वसन्ध्यामा नेतृत्व पाएपछि देशभरका तरुणहरुलाई पार्टीको पक्षमा गोलबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

यस्तै गुरुङले तरुण दललाई नेता बालकृष्ण खाणको नेतृत्वमा झै कृयाशील बनाउन लागि पर्ने बताए। 'नेपाल तरुण दलका नेता कार्यकर्ताको शीर झुकाउने छैन' गुरुङले भने,'आउदो निर्वाचनमा तरुण दल देशै भरी आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने छ।' तरुण दलका सबै निकायहरू यथावत रहने र तीन तहको निर्वाचनपछि संगठनले नयाँ निर्णय गर्ने उनले बताए। 

नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणाले संगठन बुझेको र संगठनप्रति प्रतिवद्ध ब्यक्ती तरुण दलको केन्द्रीय अध्यक्ष हुँदा ज्यादै खुशीको अनुभव गरेको बताए। पाँचौँ महाधिवेशनको जिम्मेवारी गुरुङको काधमा रहेको भन्दै राणाले सबै मिलेर सफल बनाउनु पर्ने बताए। 

कार्यक्रममा तरुण दलका निवर्तमान अध्यक्ष जीतजङ्ग बस्नेतले हिजोभन्दा पनि बलियो तरुण दल बन्नेमा विश्वास व्यक्त गरे। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैमा आभारसमेत प्रकट गरे।



प्रतिक्रिया

सम्बन्धित खवर