८ कार्तिक २०८३, शनिबार

पोखरा-जनकपुर सिधा उडान सुरु

  • २१ चैत २०७८, सोमबार
Image

पोखरा- पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ। बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो।

पोखरा-जनकपुर प्रत्येक हप्ता शनिबार,सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए। पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको बताए।

पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली जनकपुर गएको हो। पचास मिनेटको हवाई यात्रा हुने पोखरा-जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी रु नौ हजार ३६० र सबैभन्दा कम रु चार हजार १०० भाडा निर्धारण गरिएको छ।

उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ। पहिलो उडानमा सहभागी बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास व्यक्त गरे।  बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर