९ कार्तिक २०८३, आइतबार

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

  • २६ चैत २०७८, शनिबार
Image

काठमाडौं- सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ। सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको पुष्टि गरे।मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो । शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णय सम्बन्धी पत्र बुझिसकेका छन्। 

केपी ओली सरकारले २०७६ चैत्र २७ गते अधिकारीलाई गर्भनर नियुक्त गरेको थियो। कार्यकाल सकिनु अगावै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएको छ। पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मासँग उनको खटपट परेको थियो। 

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर