९ कार्तिक २०८३, आइतबार

कांग्रेसलाई पहिलो पार्टी बनाउन जनता तयार छन् : मोहन बस्नेत

  • २६ चैत २०७८, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव हार्ने भएपछि हरियो रङ्गदेखि डराएको बताएका छन्। ‘घर घर जाऔं,कांग्रेस जिताऔं’अभियान अन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ओलीको गतिविधिबाट सबै आजित बनेको बताए।

कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन जनता तयार रहेको उनले बताए। काठमाडौं कांग्रेस एक ढिक्का भएर १ नम्बरको पार्टी भए गणेश मान र मङलाको आत्माले  शान्ति पाउने उनले बताए। कांग्रेस एक हुँदा काठमाडौंमा कसैले पनि जित्न नसक्ने दाबी गर्दै उनले यस जिल्लाको जितले देश भरीको संघसंगठन लागि रक्त संचार गर्ने उल्लेख गरे।

अभियानको क्रममा देखिएको उपस्थितिले नेपाली कांग्रेस एउटा परिवार हो भनेर सन्देश दिएको उनको भनाइ थियो।  आगामी चुनावमा गठबन्धनबीच तालमेल गर्ने  निर्णय उचित भएको उनले बताए। तर तालमेल गर्ने जिम्मा स्थानीय निकायलाई दिनुपर्नेमा उनले जोड दिए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर