काठमाडौं- सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान पक्राउ गरेको छ।
आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनिमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation