९ कार्तिक २०८३, आइतबार

गठबन्धनमा ११ उपमहानगरको भागबन्डा पनि मिल्यो, कुन पार्टीलाई कहाँ ?

  • ८ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ। बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए।

उनका अनुसार अन्तिम सहमति पत्रमा केहीबेरपछि हस्ताक्षर हुँदैछ। गठबन्धनका शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो। दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ।

यी बाहेक धरान, इटहरी, कलैया, बुटवल,तुलसीपुर,नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ। सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर